काठमाडौं । नेपाली कांग्रेसले २२ नयाँ विभाग थप्ने भएको छ । सोमबारदेखि काठमाडौंमा सुरु केन्द्रीय कार्यसमितिको बैठकमा २२ नयाँ विभाग थप गर्ने प्रस्ताव कांग्रेस महामन्त्री गगनकुमार थापाले पेस गरेका हुन ।
नेपाली कांग्रेसको विधान अनुसार ४८ विभाग राखिएको थियो । त्यसमा २२ थप गरी ७० विभाग पुर्याउन लागिएको हो ।थप विभागहरुमा न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक(सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग विकास विभाग, विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर–किशोरी विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणी सन्तुलन सरोकार विभाग र पूर्वआप्रवासी समन्वय विभाग थप गर्न लागिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ साउन २०८०, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र
विशेष महाधिवेशनबारे काँग्रेस संस्थापन पक्षले भन्यो : ‘पार्टी फुट्नु हुन्न
१८ सय ३० पुग्यो काँग्रेसको दोस्रो विशेष महाधिवेशनमा नाम दर्ता गर्ने प्रतिनिधिको संख्या
कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै
नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार