काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।
बालेन मन्त्री मोदीलाई भेट्न सिंहदरबारस्थित कार्यकक्षमा पुगेका थिए । मेयर शाहले काठमाडौं महानगरसँग समसामयिक विषयमा छलफल गरेको मन्त्री मोदीको सचिवालयले जनाएको छ ।
पछिल्लो समयमा काठमाडौंको फोहर व्यवस्थापनमा देखिएको समस्यालगायतको विषयमा छलफल भएको बताइएको छ । मन्त्री मोदीले महानगरलाई संघीय सरकारबाट समन्वय र सहकार्य हुने उल्लेख गर्दै समस्या समाधान गर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ साउन २०८०, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जगदुल्लाह हाइड्रोपावर ठेक्काबारे छानबिन गर्नुपर्छ : अमनलाल मोदी
जगदुल्लाह हाइड्रोपावर ठेक्काबारे छानबिन गर्नुपर्छ : अमनलाल मोदी