काठमाडौं। माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कोशी प्रदेशमा थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुखमार्पत कोशी प्रदेशमा थारू भाषालाई छुटाइएको भन्दै सरकारी कामकाजमा लागु गर्न माग गरे।
‘कोशी प्रदेशले भाषा सम्बन्धी विशेयक ल्यायो । तर थारू भाषालाई सरकारी कामकाजको भाषाको रुपमा छुटाएको छ,’ उनले भने, ‘यो देशमा थारू समुदाय जनसंख्याका हिसाबले चौथो रुपमा पर्छ मेचीदेखि महाकालीसम्म। कोशी प्रदेशको कुरा गर्ने हो भने त अझ झापा, मोरङ, सुनसरी र उदयपुरमा बाहुल्य भाषाको रुपमा थारू समुदाय छन्।
तराईमा रहेका जल, जंगल र जमिनमा थारूको अन्तरसम्बन्ध छ। हिजो उनीहरूको सम्बन्ध खोसियो, खोसियो। आज भाषा, संस्कृति पनि खोसिन लागेको छ। म सभामुखमार्फत कोशी प्रदेशको ध्यानाकर्षण गराउन चाहन्छु।’
उनले सरकारी कामकाजको भाषा बनाउन माग गर्दै थारू समुदाय सशक्त रुपमा आन्दोलनमा उत्रिएको भन्दै सभामुखलाई पहल गरिदिन आग्रह गरे । उनले भने, ‘अहिले थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउन कोशी प्रदेशमा रहेका थारू समुदाय सडक आन्दोलनमा उत्रिइरहेका छन्। त्यसकारण म सभामुख मार्फत कोशी प्रदेशको ध्यानाकर्षण गराउन चाहन्छु।’
यस्तै उनले ग्रामथान गाउँपालिको नेताचोकदेखि पूर्वको केरोनसम्मको बाटो (ठूलो नहर), पश्चिममा खनारसम्मको बाटो हिड्ने स्थितिमा नरहेको भन्दै त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ साउन २०८२, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जगदुल्लाह हाइड्रोपावर ठेक्काबारे छानबिन गर्नुपर्छ : अमनलाल मोदी
जगदुल्लाह हाइड्रोपावर ठेक्काबारे छानबिन गर्नुपर्छ : अमनलाल मोदी