काठमाडौं । एनआरएनए माल्टाको तेस्रो अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । एनआरएनए केन्द्रीय समितिका उपाध्यक्ष राजेन्द्र कुमार शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनको विशेष अतिथि युरोप संयोजक सन्तोष कुमार भट्टराई र आइसीसी सदस्य राजु अर्याल बाबुले महाधिवेशनको भब्य आयोजनाका लागि आयोजकलाई धन्यवाद दिए ।
एनआरएनए माल्टा अध्यक्ष भुवन अर्यालको अध्यक्षतामा सम्पन्न महाधिवेशनको सञ्चालन महासचिव रोशन गिरीले गरेका थिए । महाधिवेशनको बन्द शत्रमा महासचिव गिरीले पेश गरेको प्रगति विवरण र कोषाध्यक्ष मनोज उपाध्याय र सहकोषाध्यक्ष विजय परियारले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भयो । महाधिवेशन भब्यतापुर्वक सम्पन्न गर्न साथ सहयोग गर्ने माल्टास्थित विभिन्न नेपाली संघ संस्था र माल्टाबासी नेपालीप्रति अध्यक्ष अर्यालले विशेष धन्यवाद ज्ञापन गरेका छन् । आफ्नो कार्यकाल सफल बनाउन माल्टामा रहेका सबै संघ संस्था र नेपालीको महत्वपुर्ण भुमिका रहेको अध्यक्ष अर्यालले बताए । कार्यकाल अवधिमा माल्टावासी नेपालीको हितमा काम गरिएको बताउँदै अध्यक्ष अर्यालले सबैको साझा संस्था एनआरएनए माल्टालाई आगामी दिनमा अझै प्रभावकारी बनाउन आफु लागिपर्ने बताए ।
महाधिवेशनले आइसीसी सदस्य एवं माल्टाका पूर्व अध्यक्ष राजु अर्यालको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समिति सदस्यमा हरिप्रकाश विश्वकर्मा, ललित पाण्डे, आकास गुरुङ, उज्ज्वल केसी, कमल पोख्रेल र अमर रावल सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असार २०८०, २१ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए