काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा प्रतितोला १ हजार ९०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रवार बढेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य बढेर १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ ।
यो साताको आइतवारदेखि नै सुनको मूल्य बढ्न थालेको थियो । आइतबार तोलामा ७०० रुपैयाँले बढेको थियो । यस्तै, सोमबार र मंगलबार स्थिर कायम भएको सुनको मूल्य बुधबार ३०० ले बढेको थियो भने बिहीवार ८०० रुपैयाँले बढेको थियो ।
यस्तै, शुक्रबार प्रतितोला १०० रुपैयाँको वृद्धि आएको थियो । यसैगरी, यो साता चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ बढेको छ । गत साताको शुक्रवार प्रतितोला १३ सय ७५ रुपैयाँ रहेको चाँदी यो साताको शुक्रवार १४ सय ८० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० असार २०८०, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा तिन हजार घट्यो,कतिमा हुदैँछ कारोबार ?
सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच ?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीकै मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?