मुम्बई । अदानी समूहको एक कम्पनीले निर्माण गरेको फलामको पुल चोरी गरेको आरोपमा मुम्बई प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उक्त पुलको तौल ६ हजार किलो रहेको बताइएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार मुम्बईको मलाड (वेस्ट) को नालीमाथि यो पुल बनाइएको थियो ।
बांगड नगर प्रहरी स्टेसनका एक अधिकारीअनुसार अदानी इलेक्ट्रिसिटीले ठुलो मात्रामा बिजुलीको तार लैजान ९० फुटको यो अस्थायी पुल तयार गरेको थियो । केही महिनाअघि नालामा स्थायी पुल बनेपछि उक्त अस्थायी ढाँचालाई अन्य सारिएको थियो ।
यद्यपि, २६ जुनमा अस्थायी पुल आफ्नो स्थानबाट गायब भएको समाचार आएको थियो । त्यसपछि कम्पनीले प्रहरीमा उजुरी गरेको थियो । जाँचका दौरान पुल अन्तिम पटक ६ जुनमा देखिएको थियो । घटनास्थलमा सीसीटीभी क्यामेरा नभएका कारण प्रहरीले आसपासको क्षेत्रको सर्वेलेन्स क्यामेरामा खोजी सुरु गरेको थियो । यसबाट प्रहरीले ११ जुनमा एउटा ठुलो गाडी पुलको दिशातर्फ अघि बढिरहेको पत्ता लगाएको थियो ।
प्रहरीले त्यसपछि गाडीको रजिस्ट्रेसनको आधारमा त्यसलाई फेला पारेको थियो । प्रहरीका अनुसार गाडीमा ग्यास कटिङ मेसिन पनि रहेको थियो जसको प्रयोग पुललाई काट्न गरिएको थियो । प्रहरीले फलामको पुल पनि बरामद गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ असार २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ