काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठकले आज पनि बस्दैछ ।
हिजो देखी सुरु भएको जिल्ला सभापतिहरुको बैठक आज पनि पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ । बैठक बिहान ११ बजे देखी सुरु हुनेछ ।
सो बैठकमा ४२ जिल्लाका जिल्ला सभापतिहरुसहित अन्य केन्द्रिय र प्रदेशका प्रतिनिधिहरु सहभागी रहेका छन् ।
गत बिहीबारको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफनो धारणा राखेका थिए भने बाँकीले आज आफनो धारणा राख्ने बुझिएको छ।
जिल्ला सभापतिहरूले धारणा सुने पछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले त्यसको जवाफ दिने तथा पार्टीको निर्देशन दिने कार्यक्रम रहेको छ ।
पार्टीको पछिल्लो १४ औं महाधिवेशन पछि पहिलो पटक कांग्रेसले जिल्ला सभापतिहरूसँग बैठक आयोजना गरेको हो । बैठकमा पार्टी सदस्यता, जिल्ला समितिमा देखिएका बिबाद र समस्यालगायत केन्द्रिय समितिलाई सुझाव माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असार २०८०, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
कांग्रेस कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने
कांग्रेसमा संसदीय दल नेता चयन : गगन र विश्वप्रकाशकै मत बाझियो
राजेन्द्र बजगाईंले छोडे कांग्रेस
कांग्रेसको संसदीय नेता चयन वैशाख ४ गते
कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका रोक्न माग गर्दै सर्वोच्चमा रिट, पेसी आज