सांसदहरूले स्वकीय सचिव पाउने

सफल खबर संवाददाता

मंगलबार, ०१ बैशाख २०८३, १३ : २८
सांसदहरूले स्वकीय सचिव पाउने

काठमाडौं । सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने भएका छन् । यसका लागि संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले प्रक्रिया अघि बढाएको छ ।

सोमबार संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक बसेको थियो । उक्त बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सभामुख डोल प्रसाद अर्यालको सभापतित्वमा बसेको बैठकले उक्त विषयमा आवश्यक कानुनी व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामला मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस