काठमाडौँ । संस्कृतिविद् डा.जगमान गुरुङले नेपालका चाडपर्व, रीतितिथि र संस्कृति विज्ञान एवं प्रकृतिसम्मत भएको बताएका छन्। नयाँ वर्ष २०८३ को सन्दर्भमा नेपालको मौलिक परम्परा र समाजको अन्तरसम्बन्धबारे चर्चा गर्दै उनले विक्रम संवत् शाश्वत र वैज्ञानिक भएको तर्क गरे।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति समेत रहेका गुरुङले नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुवातको रूपमा लिनुपर्ने उल्लेख गरे। वसन्त ऋतुको आगमनसँगै प्रकृतिमा देखिने नयाँपन र बिरुवामा पलाउने पालुवा जस्तै मानव जीवनमा पनि यसले नयाँ ऊर्जा भर्ने उनको भनाइ छ।
‘विक्रम संवत् सबैभन्दा पुरानो संवत्का रूपमा स्थापित छ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी पृथ्वीको उत्तरी गोलार्धमा पुगेर मेष राशिबाट यात्रा सुरु गर्ने दिन हो,’ डा. गुरुङले भने, ‘यो मेष सङ्क्रान्ति सूर्यको गतिसँग चल्ने भएकाले पूर्ण रूपमा वैज्ञानिक छ।’ सूर्य मेष राशिमा प्रवेश गरी पुनः मीन राशिमा पुगेर छोड्दा एउटा वर्ष पूरा हुने चक्र नै विक्रम संवत्को आधार भएको उनले स्पष्ट पारे।
विक्रम संवत् विक्रमादित्यभन्दा पनि पुरानो समयदेखि प्रचलनमा रहेको दाबी गर्दै उनले यसको ऐतिहासिकता र खगोलीय महत्त्वलाई नजरअन्दाज गर्न नमिल्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ बैशाख २०८३, १३ : ४३
लेखकबाट थप