काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि नै शंका लागेको बताएका छन्।
बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत बालेनले दिल्लीको आदेश मान्ने सांसदको बहुमत सरकारमा रहेको बताएका हुन्।
‘हामीलाई प्रचण्डज्यू भन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लायो, दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ सरकारमा भारतीय गुलामहरुले देश चलाउँदै छ, र म मात्र बिरोधमा छु र म मात्र अदालतको अवहेलनामा सबै जना मरेका लास हुन्?’ उनले लेखेका छ्न्।
प्रधानमन्त्री प्रचण्डले एक सार्वजनिक कार्यक्रममा ‘आफू प्रधानमन्त्री बन्न व्यवसायी प्रीतम सिंहले दिल्ली धाएको’ अभिव्यक्ति दिएसँगै त्यसको आलोचना भइरहेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद नै अवरोध गरेर प्रधानमन्त्रीको राजीनामा मागेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असार २०८०, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारीको सम्मान र सशक्तीकरण नै समुन्नत समाजको जग हो : बालेन शाह
रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान
केही नेता र बिचौलियाले भ्रम सिर्जना गरेर किसानलाई मार्ने काम भएको बालेनको दाबी
समतामूलक समाज निर्माणमा मगर समुदायले निर्वाह गरेको भूमिका सम्मानजनक : बालेन शाह
रास्वपाले भावी प्रधानमन्त्री प्रस्ताव गरेका बालेनले अर्बौं रुपैयाँको दमक औद्योगिक पार्कबारे किन बोलेनन् ?
सुर्खेतमा समर्थकबाट घेरिए बालेन शाह