काठमाडौं । बागमती प्रदेश सरकारले पहिलोपटक प्रदेशमा कार्यरत दुईजना कर्मचारीलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
मुलुक संघीयता गएको लामो समय बितिसक्दा समेत संघीय निजामती सेवा ऐन जारी हुन नसकेको अवस्थामा प्रदेश सरकारले प्रदेश निजामती ऐन अनुसार ११ औं तहका कर्मचारी सचिव हुने गरी लोकसेवा आयोग समक्ष बढुवा सम्बन्धी सूचना प्रकाशनका लागि सिफारिस गरेको हो ।
प्रदेश निजामती सेवा ऐनको आधारमा प्रदेशमा कार्यरत दुईजना कर्मचारीहरु डा चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जीलाई शिक्षा एवं प्रशासन सेवातर्फ एघारौँ तह सचिव पदमा बढुवा गरेको जनाइएको छ ।
प्रदेशमा नै सचिवसरहको दरबन्दी कायम रहने गरी उनीहरुलाई एघारौँ तहमा बढुवा गरिएको वाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १५ को उपदफा (१) बमोजिम उनीहरूको बढुवा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असार २०८०, २० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट