काठमाडौं । आइतबार ५३.७० अंक घटेको नेप्से परिसूचक दोस्रो कारोबार सोमबार पनि २१.३२ अंकले गिरावट आएको छ । सोमबार नेप्से परिसूचक २१.३२ अंक घटेर २०७५.९७ बिन्दुमा झरेको छ ।
पछिल्लो एक सात उच्च अंकले वृद्धि भएर २१ सय बिन्दु माथि पुगेको नेप्से पुनः २ हजारमा बिन्दुमा झेरको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.१७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंकले घटेको छ ।
सोमबार कारोबारमा आएको २७६ कम्पनीको ९४ लाख १८ हजार कित्ता शेयर ४ अर्ब ५ करोड १० लाख ७८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबारको तुलनामा सोमबार कारोकार रकम पनि गिरावट आएको छ । आइतबार ५ अर्बभन्दा बढीको शेयर खरिद बिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक २.०७ प्रतिशत बढेको भने बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त,जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
सोमबार नेप्से २१.३२ अंकले गिरावट आएपनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिवाईसी लघुवित्त वित्तीय संस्था, बिपिडब्लु लघुवित्त वित्तीय संस्था र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
तर यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७.१३ प्रतिशत घटेको छ । सोमबारको कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ असार २०८०, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२६०० अंकमा पुग्यो सेयर बजार
घट्यो सेयर बजार
६२ अंकले बढ्यो सेयर बजार
सामान्य अंकले बढ्यो सेयर बजार
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार