काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई दिएको छ । अध्यक्ष माधवकुमार नेपाल राजनीतिक भ्रमणका लागि आज श्रीलङ्का प्रस्थान गरेका छन् । सोही कारण उपाध्यक्ष पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको पाण्डेका प्रेस संयोजक विवेक अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार अध्यक्ष नेपाल श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पुरा भएको सन्दर्भमा आयोजित कार्यक्रम र दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरूको बैठक र कन्फ्रेन्समा सहभागी हुन श्रीलङ्का गएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ असार २०८०, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै