काठमाडौं । सरकारले सोमबार (आज) ट्रेजरी बिल मार्फत २९ अर्ब ६६ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले २८ दिन अवधिको ८ अर्ब, ९१ दिन अवधिको ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ८ अर्ब ९१ करोड ६५ लाख रुपैयाँ गरी कुल २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी साउन १६ गते, ९१ दिन अवधिको ट्रेजरी असोज १६ गते, १८२ दिन अवधिको पुस १७ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ असार २९ गते परिपक्व हुनेछ ।
यसअघि बैंकले बैंकले २८ दिन अवधिको १० अर्ब, ९१ दिन अवधिको ९ अर्ब ५३ करोड रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब ३३ करोड रुपैयाँ र ३६४ दिन अवधिको ११ अर्ब रुपैयाँ गरी कुल ३० अर्ब ८६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ असार २०८०, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंक(तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
असार १५ भित्रै मौद्रिक नीति ल्याउने तयारी
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो