काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष माधव कुमार नेपालले अहिलेको समाजवादी मोर्चा संविधान र गणतन्त्रविरुद्ध फूर्तिफार्ति गर्नेका विरुद्ध भएको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो मोर्चा दन्दनाएर अगाडि बढ्न आवश्यक रहेको बताए ।
‘समाजवादी मोर्चाको पनि बैठक आयोजना गर्ने कुरा सोचिरहेका छौं । कसैलाई लाग्या छ यो मोर्चा बनाएपछि हाम्रो अस्तित्व सकिन्छ । कसैलाई लाग्या छ यो मोर्चा नबनाए राम्रो हुन्थ्यो । कसैलाई लाग्या छ यो मोर्चा बनाएर हामी दन्दनाएर अगााडि बढ्नुपर्छ । मोर्चामा हामी आज पहिलो पटक सहभागी भएका होइनौं । २०४६ सालमा पनि मोर्चा बनाउने कुरामा हामीले नै पहल गरेका हौं ।’ उनले भने, ‘त्यो बेलामा पनि वामपन्थीहरुको मोर्चा थियो, वाम मोर्चा थियो । २०६२/६३ मा पनि मोर्चा थियो । त्यसले नोक्सान होइन फाइदा भयो । गणतन्त्रविरोधी सल्बलाई रहेका छन्, फूर्तिफार्ति देखाइरहेका छन्, त्यसको विरुद्ध यो मोर्चा हो ।’
कोशी प्रदेशमा अब बन्ने नयाँ सरकारमा आफ्नो पार्टी सहभागी हुने उनले बताए । उक्त सरकामा आफूहरुको पनि सभागिता रहने अध्यक्ष नेपालको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८०, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं: माधव नेपाल
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह