काठमाडौं। कोशी प्रदेश नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बो आफूहरु पहिचानवादीहरुको पक्षमा रहेको बताएका छन् । आज (बिहीबार) प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रदेशका जनतामा यतिधेरै असन्तुष्टि आएपछि अब पुनर्विचारको आवश्यकता रहेको बताएका हुन् ।
माओवादी पहिचानको पक्षमा रहेपनि गणितका कारण त्यो सम्भव नभएको उनले बताए । आफूले पहिचानवादीहरुसँग वार्ता गरौं भन्दा केन्द्रीय सरकारका मन्त्री र प्रधानमन्त्रीलाई दोष दिएर पन्छिन खोजेको उनले बताए ।
पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद राई नेतृत्वको सकारको पालको स्मरण गर्दै उनले भने,–‘प्रदेशको नामाङ्कनका सन्दर्भमा पहिचानसहित हुनुपर्छ भन्ने कुरा हामीले विगतदेखि नै उठाउँदै आएका हौं । अघि पूर्वमुख्यमन्त्री ज्यू ले भनिसक्नु भएको छ, पहिचानसहितको नाम राख्न नसकिने अवस्थामा त्यसलाई रोक्नका लागि सबैभन्दा दरिलो सारथी त्यो प्रदेश सरकारमा म आफैं थिए । पहिचानसहित नाम आउँदैन भने अहिले नराखौं भनेर निष्कर्षमा हामी पुगेकैं थियौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असार २०८०, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग