काठमाडौं। कोशी प्रदेश नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बो आफूहरु पहिचानवादीहरुको पक्षमा रहेको बताएका छन् । आज (बिहीबार) प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रदेशका जनतामा यतिधेरै असन्तुष्टि आएपछि अब पुनर्विचारको आवश्यकता रहेको बताएका हुन् ।
माओवादी पहिचानको पक्षमा रहेपनि गणितका कारण त्यो सम्भव नभएको उनले बताए । आफूले पहिचानवादीहरुसँग वार्ता गरौं भन्दा केन्द्रीय सरकारका मन्त्री र प्रधानमन्त्रीलाई दोष दिएर पन्छिन खोजेको उनले बताए ।
पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद राई नेतृत्वको सकारको पालको स्मरण गर्दै उनले भने,–‘प्रदेशको नामाङ्कनका सन्दर्भमा पहिचानसहित हुनुपर्छ भन्ने कुरा हामीले विगतदेखि नै उठाउँदै आएका हौं । अघि पूर्वमुख्यमन्त्री ज्यू ले भनिसक्नु भएको छ, पहिचानसहितको नाम राख्न नसकिने अवस्थामा त्यसलाई रोक्नका लागि सबैभन्दा दरिलो सारथी त्यो प्रदेश सरकारमा म आफैं थिए । पहिचानसहित नाम आउँदैन भने अहिले नराखौं भनेर निष्कर्षमा हामी पुगेकैं थियौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असार २०८०, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित