काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठकमा पनि अवरोध गरेको छ । आज बसेको प्रदेश सभाको बैठकमा एमालेलले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेटमा सत्तापक्षका नेताहरुले पैत्रिक सम्पत्ति जसरी बजेट बाढेको भन्दै विरोध गर्दै सदन अवरुद्ध गरेको हो ।
एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले सरकारले ल्याएको बजेट सच्याउन माग गर्दै जथाभावी विनियोजित बजेट सच्याउने निर्णय नगरेसम्म सदन चल्न नदिने बताएका छन् । अहिले पनि एमालेको अवरोध जारीनै रहेको छ ।
एमालेको निरन्तरको अवरोध पछि सभामुख नन्दा गुरुङले बैठक ३० मिनेटका लागि स्थगित भएको घोषणा गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका पूर्व सांसद वासुदेव घिमिरेले छाडे पार्टी
एमाले बैठकले ओलीलाई दियो समानुपातिकको बन्द सूची टुंग्याउने जिम्मा
एमाले सचिवालय बैठकको समय सर्यो
एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार र कार्यविभाजनबारे छलफल
एमालेले बोलायो सचिवालय बैठक
मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : एमाले नेता अधिकारी