काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठकमा पनि अवरोध गरेको छ । आज बसेको प्रदेश सभाको बैठकमा एमालेलले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेटमा सत्तापक्षका नेताहरुले पैत्रिक सम्पत्ति जसरी बजेट बाढेको भन्दै विरोध गर्दै सदन अवरुद्ध गरेको हो ।
एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले सरकारले ल्याएको बजेट सच्याउन माग गर्दै जथाभावी विनियोजित बजेट सच्याउने निर्णय नगरेसम्म सदन चल्न नदिने बताएका छन् । अहिले पनि एमालेको अवरोध जारीनै रहेको छ ।
एमालेको निरन्तरको अवरोध पछि सभामुख नन्दा गुरुङले बैठक ३० मिनेटका लागि स्थगित भएको घोषणा गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग