काठमाडौं। पशुपतिनाथमा राखिएको जलहरीको विषयले सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
माओवादीका सांसद देवेन्द्र पौडेलले जलहरीको नापतौल तथा सुनको भए नभएको विषयमा भएको गतिविधिबारे सदनलाई जानकारी गराउन माग गरे भने कांग्रेसका सांसद प्रदीप पौडेलले जलहरी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरे ।
जलहरीमा भ्रष्टाचार भएको भन्ने आरोप गम्भीर विषय भएको र यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रक्रियामा प्रश्न उठाउँदै उनले जलहरी प्रकरणको छानबिनका लागि संसदले समिति गठन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असार २०८०, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेतृत्व चयन गर्ने कि नगर्ने महाधिवेशनको हलले निर्धारण गर्छ’: प्रदीप पौडेल
महाधिवेशनविना निर्वाचनमा गए काँग्रेसको सर्मनाक हार हुन्छ : प्रदीप पौडेल
प्रदेश सरकारमा तीन मन्त्री भए पुग्छ: प्रदीप पौडेल
डिजी युथ काँग्रेस गठन गर्न केन्द्रीय समिति बैठकमा प्रदीप पौडेलको प्रस्ताव
अब राष्ट्रिय सहमतिको सरकार र संविधान संशोधन : प्रदीप पौडेल
मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउन सकिँदैनः मन्त्री पौडेल