आगामी आर्थिक बर्षका लागि भरतपुर महानगरकाे बजेट ६ अर्व ३१ कराेड बढी

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, १२ : ५२
आगामी आर्थिक बर्षका लागि भरतपुर महानगरकाे बजेट ६ अर्व ३१ कराेड बढी

भरतपुर । भरतपुर महानगरले आगामी आर्थिक बर्षका लागि ६ अर्व ३१ करोड ७९ लाख ९० हजारको अनुमानित बजेट ल्याएको छ। यो बजेट चालू आव भन्दा करिव ११ करोड मात्रै बढि हो।

जसका लागि आन्तरिक आय १ अर्व ७५ करोड,अन्तर सरकारी बित्तीय हस्तान्तरणबाट १ अर्व ८३ करोड ९९ लाख ७५ हजार केन्द्र तथा प्रदेश सरकारको राजश्व वाँडफाडबाट ५४ करोड ८० लाख १५ हजार ,जनसहभागिताबाट ५० करोड,बैक मौज्दात १ अर्व ६५ करोड र सडक वोर्ड नेपालबाट ३ करोड प्राप्त हुने प्रक्षेपण गरिएको छ।

भरतपुर महानगरले प्रत्येक वडाका लागि २ करोड ७५ लाख बिनियोजन गरेको छ। त्यस्तै क्रमागत र बहुबर्षिय योजनाको लागि १ अर्व ६५ करोड बिनियोजन गरिएको छ।भरतपुरले दिगो र वातावरणमैत्री पूर्वाधार बिकास , कृषि तथा पशु बिकास कार्यक्रम ,वातावरण ,सरसफाइ एवम् हरियाली प्रवर्दन ,उज्यालो नगर,व्यवस्थित र दिगो पुर्वाधार बिकासका लागि मेगा ढल निकासको कार्यक्रमलाई आफ्नो प्राथमिकतामा राखेको छ।

साथै हरित उर्जाको खपत,पेट्रोलियम पदार्थको बचत नाराका साथ बिधुत्तीय सवारी साधनलाई प्रवर्दन गर्ने नीति लिएको छ। जसका लागि महानगरले अवदेखि बिधुत्तिय सवारी साधन मात्रै खरिद गर्ने र विभिन्न स्थानमा चार्जिङ स्टेसन बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यस्तै सूचना प्रविधि तथा डिजिटल प्रणालीको उपयोग ,सहकारी तथा रोजगार प्रवर्द्धन ,युवा तथा खेलकुदको बिकास, लैङगिक समानता,महिला शशक्तिकरण,सामाजिक समावेशीकरण,राजश्व प्रशासन सुदृढीकरण ,नीजी क्षेत्रसंग सहकार्य आदि बजेटमा प्राथमिकतामा छन्।

भरतपुरले अंग्रेजी बर्ष सन् २०२४ लाई भरतपुर भ्रमण बर्ष मनाउने नीति तथा कार्यक्रममा उल्लेख्य गरिएको छ। यसका लागि प्राथमिकतामा राखेर बजेट तय गरिएको छ। एक वडा एक गौरवको आयोजना संचालन गरिने गरि महानगरले नीति तथा बजेट ल्याएको छ।

भरतपुर महानगरको प्रमुख रेनु दाहालले अघिल्लो कार्यकाल र चालू एक बर्ष गरि ६ बर्षमा आफ्नो नेतृत्वमा भरतपुरले भौतिक पूर्वाधार निर्माणमा फड्को मारेको उल्लेख्य गर्दै यसको फिनिसिङ र निरन्तरता अबको आवश्यकता भएको बताईन्। जसका लागि नगर स्वच्छ ,सफा,हरियाली बनाउदै वातावरणमैत्री बिकासमा ध्यान केन्द्रित हुने उनको भनाइ छ।

भरतपुर महानगरले बिगत ६ बर्षमा ६ सय ४८ किलोमिटर नयाँ कालोपत्रे सडक निर्माण गरेको छ भने ४ सय ६० किलोमिटर सडक ग्राभेल गरेको जनाएको छ।६ बर्षअघि करिव ५७ प्रतिशत मात्रै रहेको खानेपानीका योजनामा अर्वौ लगानी गरी हाल करिव ९७ प्रतिशत नगरबासीले शुद्ध पिउने पानी पाएका छन्। शिक्षा,स्वास्थ ,कृषि र पर्यटनका पनि दर्जनौं योजना सफल भएका छन्।

यसका साथै प्रदेश र संघीय सरकारको समेत समन्वयमा खाधा दर्जन बढी ठूला योजना निर्माणाधीन छन्। एकबर्षभित्रमा सिटि हल निर्माण ,छ लेन सडकको पूर्णता,वाईपास सडक निर्माण र व्युटिफिकेसन,सि विच मोडलको नारायणी नदिको परियोजनाले मुर्त रुप लिने ,रिङ्ग रोड र लिङ्क रोडको पुर्णता हुने,नारायणी नदिमा गरिएको तटबन्ध पूर्ण हुने र सन् २०२४ लाई बिकास हेर्न भरतपुर जाऔ भन्ने नाराका साथ भरतपुर भ्रमण बर्ष मनाउने तयारी भरतपुरले गरेको छ।

महानगरका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर देशकै उत्कृष्ट नगरहुनतर्फ उन्मुख भएको बताए । भौतिक पूर्वाधार निर्माणको चरणमा नगर रहेकोले दिगो बिकास गरी उत्कृष्ट नगर बनाउन साथ दिन सबैलाई उनले आग्रह गरे । 

भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०८०।८१ अन्तिम १ (5) (1)-compressed.pdf

प्रतिक्रिया दिनुहोस