एजेन्सी । अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खिचडी र समौसा खाएका छन् ।
अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले शुक्रवार आयोजना गरेको भोज कार्यक्रममा मोदीलाई खिचडी र समौसा खुवाइएको छ ।
शुक्रवार उपराष्ट्रपति कमला र विदेशमन्त्री एन्टनी ब्लिङ्कनले मोदीका लागि भोज राखेका थिए । अमेरिकाले मोदीलाई शुद्ध शाकाहारी भोजन खुवाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्री मोदीलाई खिचडी र समौसासँगै आँपको हलुवा, मसला चिया पनि खुवाइएको छ । मोदीले खिचडी र समौसा धेरै रुचाउँछन् ।
यसअघि बिहीवार राष्ट्रपति जो बाइडनले भोज राखेका थिए । बाइडनपत्नी तथा अमेरिकाकी प्रथम महिला जिल बाइडनले शुद्ध शाकाहारी भोजन बनाएर मोदीलाई खुवाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असार २०८०, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोदी बने इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने पहिलो नेता
पुटिनलाई मोदीले दिए ‘गीता’ उपहार
मोदीले पुटिनलाई दिए जन्मदिनको शुभकामना
गाजामा युद्धविराम गर्ने ट्रम्पको प्रस्तावलाई मोदीले गरे स्वागत
प्रधानमन्त्री कार्की र मोदीबीच फोन संवाद, नेपालकाे शान्ति तथा स्थायित्वमा भारतले सघाउने
भारतीय प्रधानमन्त्री मोदीद्वारा नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई