एजेन्सी । अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खिचडी र समौसा खाएका छन् ।
अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले शुक्रवार आयोजना गरेको भोज कार्यक्रममा मोदीलाई खिचडी र समौसा खुवाइएको छ ।
शुक्रवार उपराष्ट्रपति कमला र विदेशमन्त्री एन्टनी ब्लिङ्कनले मोदीका लागि भोज राखेका थिए । अमेरिकाले मोदीलाई शुद्ध शाकाहारी भोजन खुवाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्री मोदीलाई खिचडी र समौसासँगै आँपको हलुवा, मसला चिया पनि खुवाइएको छ । मोदीले खिचडी र समौसा धेरै रुचाउँछन् ।
यसअघि बिहीवार राष्ट्रपति जो बाइडनले भोज राखेका थिए । बाइडनपत्नी तथा अमेरिकाकी प्रथम महिला जिल बाइडनले शुद्ध शाकाहारी भोजन बनाएर मोदीलाई खुवाएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असार २०८०, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोदीको जन्मदिन पारेर ओली–मोदी विशेष भेट, दिल्लीको हैदरावाद हाउसबाहिर भेट गर्ने तयारी
पाँच देशको भ्रमण गर्दै मोदी
विमान खसेको स्थान अहमदाबाद पुगे मोदी, अस्पतालमा घाइतेहरूलाई भेट्दै
मोदीको युरोप भ्रमण रद्द
प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद
काश्मीर घटनापछि साउदी अरेबियाको भ्रमण छोट्याएर फर्किए मोदी