काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरू पर्याप्त नभएको बताएकी छन् । शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग उनले सो कुरा बताइन् ।
सांसद श्रेष्ठले पश्चिम नेपालमा भूकम्प आउने खतरा विज्ञहरुलै औंल्याएपनि त्यसको बारेमा बजेटमा कुनै कार्यक्रम नआएको स्पष्ट पारिन् । उनले विपद् पोर्टल पालिका स्तरमा पु¥याउने कुरा बजेटमा उल्लेख भएपनि जनशक्तिको अभावमा कार्यान्वयन हुन सक्ने अवस्था नरहेको दाबी गरिन् ।
सांसद श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ कार्यक्रमलाई प्रभावकारी बनाउन, सशक्त बनाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८०, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
आधारभूत शिक्षाको महत्त्व जनस्तरसम्म फैलाउन मन्त्री श्रेष्ठको आह्वान
विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्छ : शिक्षामन्त्री श्रेष्ठ
शिक्षामन्त्री सुमना श्रेष्ठको पत्रकार सम्मेलन, एक महिने प्रगति विवरण सार्वजनिक
शिक्षालाई प्राथमिकतामा राख्न शिक्षामन्त्री श्रेष्ठको आग्रह