चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रबाट ११७ वन्यजन्तुको उद्धार गरिएको छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट ती वन्यजन्तुको उद्धार गरिएको हो ।
उद्धार गरिएकोमा सबैभन्दा धेरै अजिङ्गर रहेका छन् । अजिङ्गर ७४ वटाको उद्धार गरी निकुञ्जमा छाडिएको छ । कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ११ चित्तल, ११ सर्प, पाँच गैँडा र पाँच घडियाल गोहीको उद्धार गरिएको छ ।
यस्तै चार बाघ, दुई कछुवा तथा एक/एक गोहोरो, सालक, मगर गोही, जरायो र सुन गोहरोको उद्धार गरिएको तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि र यस वर्ष उद्धार गरेर हुर्काइएका पाँच गैँडामध्ये दुइवटालाई निकुञ्जमा छोडी सकिएको छ भने तीन वटालाई सौराहामा राखेर हेरचाह र उपचार गरिँदै आइएको छ ।
अन्य वन्यजन्तु भने उपचार पछि निकुञ्जमा छाडिएको उनले बताए । उद्धार गरिएकामा माउले छाडेका, घाइते अवस्थामा रहेका र समुदायमा गएर क्षति पुर्याउन लागेका वन्यजन्तु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८०, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका दुई हात्ती कतार पठाइँदै
वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज
पाँच महिनामा चार हात्तीले जन्माए छावा
जंगली हात्तीको आक्रमणबाट निकुञ्ज सुरक्षामा खटिएका सैनिक घाइते
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा ३३ वर्षमा ६८ छावा जन्मिए
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ