काठमाडौ । ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा परी दुईजना बेपत्ता भएका छन् ।
गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमायाको ज्यान गएको हो । गुरुङका १० वर्षीय छोरा दिनेश र १८ महिनाकी छोरी कृतिका पहिरामा परी बेपत्ता भएका छन् ।
बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिराले पुरिएको छ ।
ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका बताइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले अहिले बेपत्ताको खोजी गरिरहेका छन् । पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८०, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरो खसेपछि बीपी राजमार्ग फेरि अवरुद्ध
पहिरोले सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध
घोराही–थबाङ सहिदमार्गमा दुई ठाउँमा पहिरो, सडक अवरुद्ध
सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
पहिरोले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध
सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड खुल्यो