गोरखा । गाेरखामा एउटा जीप दुर्घटना हुदाँ पाँचजनाको मृत्यु भएको छ ।
गोरखाको सहिद लखन गाउँपालिका ३ स्थित चिलिङकोटमा प्रदेश नंं ३, ०१–०२३ च २४२७ नम्बरको टाटा जिप जिप दुर्घटना हुदाँ पाँच जनाकाे मृत्यु भएकाे हाे ।
राती १ बजेको आसपासमा दुर्घटनामा परेको सो जीपमा १९–२० जना सवार भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेका अनुसार सो जीपमा सवार घाइते १२ जनालाई भने आबुखैरेनी अस्पतालमा लगिएको छ ।
बिहेको लागि टिकोटालो गरेर फर्किने बितिक्कै केटा पक्षको जिप दुर्घटनामा परेको जनाइएकाे छ ।
बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर मात्रै अगाडी पुगे पछि सो जीप दुर्घटनामा परेको थियो । मृतककाे पहिचान खुल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८०, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते