काठमाडौं। चिनियाँ नागरिकसँगको मिलेमतोमा नेपालको एउटा गिरोहले नेपालीलाई लाओस पुर्याएर बन्धक बनाई जबर्जस्ती अनलाइन स्क्यामिङमार्फत क्रिप्टोकरेन्सी तथा शेयर कारोबारमा संलग्न गराएको पाइएको छ।
गिरोहले दुईजना नेपालीलाई गत मङ्सिरमा काठमाडौंबाट कोलकाता, थाइल्याण्ड हुँदै लाओसकव बोया प्रोभिन्सस्थित गोल्डेन ट्र्याङगलमा रहेको स्पेशल इकोनमिक जोनमा पुर्याई बन्धक बनाएर अनलाइन लभ स्क्यामिङ ट्र्यापमा पारी जबर्जस्ती क्रिप्टो कारोबारमा संलग्न गराएको पाइएको प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले जानकारी दिएको छ।
ब्यूरोका अनुसार पीडित दुई जना लाओसमा रहेको नेपाली कन्सुलर कार्यालयको सहयोगमा पाँच महिनापछि गत वैशाखमा छुटेर आएपछि दिएको जाहेरीका आधारमा दुई जना भने पक्राउ गरी अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए।
उक्त घटनामा संलग्न रहेको आरोपमा ब्यूरोले कालिकोट घर भई हाल काठमाडौंको नागार्जुन बस्ने वर्ष २५ का पदम नेपाली र नुवाकोट घर भई गोकर्णेश्वर बस्ने ३८ वर्षका श्यामकुमार तामाङलाई पक्राउ गरेको छ। उनीहरुविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोले जानकारी दिएको छ।
पदम नेपाली भने लाओस, कम्बोडिया, मान्मलगायत देशमा चिनियाँ भाषा अनुवादकको रुपमा काम गर्दै आएका र सोही क्रममा चिनियाँसँग मिलेर उक्त अवैध कारोबारमा संलग्न रहेको पाइएको छ। उनले युवाहरुलाई आकर्षक रोजगारी पाइने लोभ देखाएर लाओस लगेको खुल्न आएको छ।
त्यहाँ पुर्याएपछि त्यो गिरोहले फेसबुक, ह्वाट्सएपमा फेक आइडी बनाएर अपरिचित व्यक्तिहरुसँग चिनजान गरी मन जितेर उनीहरुलाई फसाउन परिचालन गर्ने गरेका पाइएको छ।
नेपाल, थाइल्याण्ड, भियतनाम, म्यानमार, लाओस‚ दुबईजस्ता देशमा चिनियाँ कम्पनीले नेपाललगायतका देशबाट आकर्षक रोजगारीको लोभ देखाइ बेरोजगार युवाहरुलाई प्रयोग गरेर अनलाइन स्क्यामिङमार्फत विशेष गरी अमेरिका युरोपका नागरिकलाई लक्षित गरी ठगी गर्ने गरेका थिए।
पीडितलाई उनीहरुले नेपालबाट लाओस् लैजान लागेको ८ लाख रुपैयाँ फिर्ता गरेपछि मात्र नेपाल फर्काउने भनेर मानसिक यातना दिएको पाइएको र यसमा चिनियाँ र नेपालीको संलग्नता रहेको ब्यूरोले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८०, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ
स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ
प्रहरी हुँ भन्दै शरीर बन्धक बनाई लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ
१०७४ किलो गाँजासहित चार जना पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
तीन वर्षपछि श्रीमतीको हत्यामा श्रीमान् पक्राउ