चितवन । भरतपुर महानगरपालिकाले नारायणी नदीको तटीय क्षेत्रमा अतिक्रमण गरेर बनेका अनाधिकृत संरचनाहरु हटाउन ३५ दिने सूचना जारी गरेको छ ।महानगरले नदीको क्षेत्राधिकार र सार्वजनिक जग्गामा बनेका होटल तथा अन्य संरचनाहरु ३५ दिनभित्र आफैं हटाउन सूचना मार्फत निर्देशन दिएको छ
आजदेखि लागु हुने गरी ३५ दिन भित्रमा ति संरचना नहटाएमा महानगरपालिका आफैंले हटाउने सूचनामा उल्लेख गरिएको छ । भरतपुर महानगरपालिका वडा नं. १ देखि वडा नं. २८ सम्म करिब ३८ किलोमिटर लामो नदी किनारमा बनेका संरचनालाई हटाउन महानगरले भनेको छ ।
महानगरले नारायणी नदीको तटवन्ध र नारायणीको पुल माथिको भागलाई सी बीच मोडलमा पूर्वाधार निर्माण गरिरहेको छ । नदी तटीय क्षेत्रमा विभिन्न व्यावसायिक संघसंस्थादेखि विभिन्न सामाजिक संघ संस्थाहरुले भवन बनाएका छन् ।
सार्वजनिक जग्गामा विभिन्न समयमा पहुँचका भरमा बनेका यस्ता संरचना हटाउनुपर्ने चुनौती महानगरलाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८०, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान