चितवन । भरतपुर महानगरपालिकाले नारायणी नदीको तटीय क्षेत्रमा अतिक्रमण गरेर बनेका अनाधिकृत संरचनाहरु हटाउन ३५ दिने सूचना जारी गरेको छ ।महानगरले नदीको क्षेत्राधिकार र सार्वजनिक जग्गामा बनेका होटल तथा अन्य संरचनाहरु ३५ दिनभित्र आफैं हटाउन सूचना मार्फत निर्देशन दिएको छ
आजदेखि लागु हुने गरी ३५ दिन भित्रमा ति संरचना नहटाएमा महानगरपालिका आफैंले हटाउने सूचनामा उल्लेख गरिएको छ । भरतपुर महानगरपालिका वडा नं. १ देखि वडा नं. २८ सम्म करिब ३८ किलोमिटर लामो नदी किनारमा बनेका संरचनालाई हटाउन महानगरले भनेको छ ।
महानगरले नारायणी नदीको तटवन्ध र नारायणीको पुल माथिको भागलाई सी बीच मोडलमा पूर्वाधार निर्माण गरिरहेको छ । नदी तटीय क्षेत्रमा विभिन्न व्यावसायिक संघसंस्थादेखि विभिन्न सामाजिक संघ संस्थाहरुले भवन बनाएका छन् ।
सार्वजनिक जग्गामा विभिन्न समयमा पहुँचका भरमा बनेका यस्ता संरचना हटाउनुपर्ने चुनौती महानगरलाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८०, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण