एजेन्सी । चीनको उत्तर पश्चिमी भागको निङ्जिया सहरमा बुधवार राति ठुलो ग्यास विस्फोट भएको छ । उक्त विस्फोटमा परी हालसम्म कम्तीमा ३१ जनाको मृत्यु भएको बताइएको छ ।
समाचार एजेन्सी रोयटर्सले चिनियाँ सरकारी मिडिया एजेन्सी सिन्ह्वा न्युजलाई उद्धृत गर्दै यस विस्फोटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रतिक्रिया आएको बताएको छ ।
यो विस्फोट निङ्जिया सहरमा रहेको रेस्टुरेन्टमा भएको हो । र यो विस्फोटको कारण एलपीजी ग्यास ट्याङ्कीमा लिकेज भएको बताइएको छ । विस्फोटमा परी सात जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।
चिनियाँ सरकारी टेलिभिजनका अनुसार सी जिनपिङले दुर्घटनामा घाइते भएकाहरूलाई सम्भावित सबै सहयोग उपलब्ध गराउनुका साथै महत्त्वपूर्ण उद्योग तथा क्षेत्रहरूमा सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने बताएका छन् ।
यसअघि पनि चीनमा ग्यास र केमिकल विस्फोटका घटना भइसकेका छन् । सन् २०१५ मा शृङ्खलाबद्ध विस्फोटमा परी १७३ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०७ असार २०८०, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु