काठमाडौं । नेपाल मेडिकल काउन्सिलको लोगो कीर्ते गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कास्कीका २४ वर्षीय नविन पौडेल र २४ वर्षकै आशिष अधिकारी रहेका छन् । प्रहरीले बुधबार उनीहरूलाई बानेश्वरबाट पक्राउ गरेको हो ।
पीफीए एसोसियसन प्रालि नामक इन्स्टिच्युटले नेपाल मेडिकल काउन्सिलको स्वीकृति विना काउन्सिलको लोगो, नाम र परीक्षा प्रश्नपत्रको ढाँचा प्रयोग गरेर तयारी कक्षा सञ्चालन गरेको पाइएपछि उनीहरू पक्राउ परेका हुन् ।
थप कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसरमा पठाइएको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असार २०८०, २१ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ