काठमाडौँ । सेयर बजारमा करेक्सन आउनेक्रम बुधबार पनि जारी रहेको छ । नेप्से सूचक १४.०५ विन्दुले घटेर २०५०.७८ विन्दुमा अडिएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा करिब साढे ३ अर्बको सेयर कारोबार भएको छ । होटल तथा पर्यटन समूहमा लागनीकर्ताको आकर्षण बढी देखिएको छ ।
नेप्से सूचकमा गिरावट आउँदा कारोबार रकम पनि अघिल्ला दिनहरुको तुलनामा सामान्य प्रभावित भएको छ । ३ दिनदेखि बजार करेक्सनमै छ । ट्रेडरहरुले नाफा बुक गर्नतिर लाग्दा बजार सामान्य प्रभावित भएको अनुमान गरिएको छ । यसअघि बजार लगातार ९ दिनसम्म बढ्यो ।
यस दिन २७१ कम्पनीको ८६ लाख ५१ हजार कित्ता सेयर कारोबार भएको छ । २३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र हिमालयन डिष्टिलरी परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असार २०८०, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारले नाघ्यो २७ सय विन्दु
बढ्यो सेयर बजार, पौने १० अर्बको कारोबार
नेप्से परिसूचक २८ अङ्कले बढ्यो, ७ अर्बको कारोबार
सेयर बजार बढ्दा कारोबार घट्यो
बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण
सामान्य अंकले घट्यो नेप्से