काठमाडौँ । सेयर बजारमा करेक्सन आउनेक्रम बुधबार पनि जारी रहेको छ । नेप्से सूचक १४.०५ विन्दुले घटेर २०५०.७८ विन्दुमा अडिएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा करिब साढे ३ अर्बको सेयर कारोबार भएको छ । होटल तथा पर्यटन समूहमा लागनीकर्ताको आकर्षण बढी देखिएको छ ।
नेप्से सूचकमा गिरावट आउँदा कारोबार रकम पनि अघिल्ला दिनहरुको तुलनामा सामान्य प्रभावित भएको छ । ३ दिनदेखि बजार करेक्सनमै छ । ट्रेडरहरुले नाफा बुक गर्नतिर लाग्दा बजार सामान्य प्रभावित भएको अनुमान गरिएको छ । यसअघि बजार लगातार ९ दिनसम्म बढ्यो ।
यस दिन २७१ कम्पनीको ८६ लाख ५१ हजार कित्ता सेयर कारोबार भएको छ । २३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र हिमालयन डिष्टिलरी परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असार २०८०, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार