काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको ३३ लाख ५० हजार रूपैयाँसहित मनाङ ङिस्याङ गाउँपालिका-४ घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त पसलमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पसल तलासी गर्दा सोही पसलमा काम गर्ने गुरुङलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।पसल संचालक नाम्गेल भन्ने किंगा हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असार २०८०, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ