काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारिरहेको बताएकी छन् । मंगलवार नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल स्काउटले दक्षिण एशियामा स्काउटमा सबैभन्दा बढी सदस्यता लिनसक्नु साथै अन्तर्राष्ट्रिय स्काउटका कार्यक्रमहरु नेपालमा सञ्चालन गर्नुले पनि स्काउटले राम्रा काम गरिहरेको प्रमाणित हुने बताइन् ।
उनले कोरोना महामारीका बेलामा पनि स्काउटले खेलेको भूमिकाको प्रशंसा गरिन् । उनले देशमा आइपर्ने प्राकृतिक एवं अन्य विपद्को समयमा विपद् व्यवस्थापन र प्रभावितहरूको उद्धार कार्यमा पनि नेपाल स्काउट सदैव अग्रमोर्चामा रहँदै आउनु राम्रो भएको भन्दै अझै यसलाई अघि बढाउँदै लैजानुपर्ने बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले नेपाल स्काउटले माजमा कलंकको रुपमा रहेको लागुऔषधबाट युवाहरु टाढा राख्ने कुरा, महिला हिंसाविरुद्धका अभियान लगायत विभिन्न सामाजिक घटननाहरुमा साथ र सहयोग गर्दै आएको भन्दै प्रशंसा गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असार २०८०, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजीका जायज माग वार्ता र संवादबाट समाधान खोजौं: विद्यादेवी भण्डारी
संसद् निरीह भयो, दलहरूमा समस्या छ : पूर्वराष्ट्रपति भण्डारी
एमालेको हितमा लाग्छु, मलाई गुट चलाउन आउँदैन: विद्यादेवी भण्डारी
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
‘गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब’ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता