एजेन्सी । पाकिस्तानमा भारी बर्षाका कारण ७ जनाको मृत्यु भएको छ ।
खैबर पख्तुनख्वा प्रान्तको तीन जिल्लामा भारी वर्षाका कारण कम्तीमा सात जनाको मृत्यु भएको हो ।
सो बाढीको चपेटामा परेर अन्य ७२ जना घाइते भएको पाकिस्तानी मिडियाले जनाएका छन ।
बन्नुका कमिश्नर परवेज सबतखेलले डन अखबारलाई भने, ‘ बन्नु, लक्की मारवत र उत्तरी वजिरिस्तान जिल्लाहरूमा तीव्र हावाको साथ भारी वर्षा भएको छ।’
उनका अनुसार बन्नु जिल्लामा तीन जनाको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन् भने लक्की मारवत जिल्लामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
उत्तरी वजिरिस्तान जिल्लामा एक जनाको मृत्यु भएको छ । क्षतिको विवरण लिन प्रभावित क्षेत्रमा टोली पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०५ असार २०८०, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल