तनहुँ । तनहुँमा पहिरोमा पुरिएका एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार सोमबार साँझ म्याग्दे गाउँपलिका वडा नम्बर १ माथिल्लो गुणादी स्थित पृथ्वीराजमार्गको मुग्लिङ पोखरा सडक खण्डमा सडकको माथिबाट पहिरो खस्दा सो दुर्घटना भएको हो ।
सो क्रममा सडक निर्माणको काम गरिरहेका मजदुरलाई पहिरोले पुरेको थियो । मृतकमा झापाका भिम भुजेल रहेका छन् भने घाइतेमा झापाकै कृष्ण लिङ्देल र उदयपुरका बलबहादुर राई रहेका छन् । लिङ्देनको दमौली र राईलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, १९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध