काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्वी नेपालका ताप्लेजुङ,पाँचथर र संखुवासभा जिल्लामा बाढी र पहिरोबाट भएको जनधनको क्षतिको स्थलतगत अवलोकनका लागि जाने भएका छन्।
प्रधानमन्त्री र गृहमन्त्रीका साथमा प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई समेत सहभागी हुने स्रोतले जनाएको छ। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठले पहिले ताप्लेजुङको प्रभावित क्षेत्रको अवलोकन गरेपछि संखुवासभा र त्यसपछि ताप्लेजुङको भ्रमण गर्ने योजना रहेको ।
आज बिहानबाट सांसद भट्टराईको नेतृत्वमा प्रधानन्त्री निवास बालुटावार पुगेको प्रतिनिधिमण्डलले बाढी तथा पहिरो पीडितको राहत तथा उद्धारको कार्य थाल्न सरकारको ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग