काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्वी नेपालका ताप्लेजुङ,पाँचथर र संखुवासभा जिल्लामा बाढी र पहिरोबाट भएको जनधनको क्षतिको स्थलतगत अवलोकनका लागि जाने भएका छन्।
प्रधानमन्त्री र गृहमन्त्रीका साथमा प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई समेत सहभागी हुने स्रोतले जनाएको छ। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठले पहिले ताप्लेजुङको प्रभावित क्षेत्रको अवलोकन गरेपछि संखुवासभा र त्यसपछि ताप्लेजुङको भ्रमण गर्ने योजना रहेको ।
आज बिहानबाट सांसद भट्टराईको नेतृत्वमा प्रधानन्त्री निवास बालुटावार पुगेको प्रतिनिधिमण्डलले बाढी तथा पहिरो पीडितको राहत तथा उद्धारको कार्य थाल्न सरकारको ध्यानाकर्षण गराएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की