काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको नेपाली ५३ लाख ८ हजार ५ सय रूपैयाँसहित एक जनालाई प्रहरहीले पक्राउ गरेको छ ।
पर्वत घर भएकी ७० वर्षीया बीबी कुमारी गुरुङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट भैरहवा जान लागेकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको साथमा रहेको झोलाभित्र उक्त नगद फेला परेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं टेकु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ