पाँचथर । पाँचथरमा गएको बाढीमा परेर बेपत्ता भएका पाँच जनामध्ये एक जनाको शव फेला परेको छ ।
शनिबार राति फिदिमस्थित माउण्टेन हाइड्रोको पावर हाउसबाट बगेका फिदिम-१० निवासी सन्जोग लोवाको शव कुम्मायक गाउँपालिका-५ स्याब्रुम्बास्थित तमोर नदी किनारमा भेटिएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) हरि खतिवडाका अनुसार स्थानीयले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
बाढीमा परेका हिलिहाङ-७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम-५ घर भई हाल फिदिम-४ होवाखोलामा बस्दै आएका ५५ वर्षीय राजकुमार राई, हिलिहाङ-७ का २७ वर्षीय आशीष माझी र उनकी २५ वर्षीया पत्नी एलिसाको अवस्था अज्ञात छ ।
फालेलुङ-३ मा पहिरोले पुर्दा घाइते भएकी जुना सावदेनको भने आइतबार दिउँसो उपचारका क्रममा निधन भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम