रौतहट । रौतहटमा करेन्ट लागेर करेन्ट लागेर दुई दिनमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परोहा नगरपालिका ५ घर भएका २५ वर्षीय अबुलैस मिया कबारी, बौधीमाई नगरपालिका ५ कोपवा गाउँका ३० वर्षीय अरुण साह र २८ वर्षीय सिताबी पण्डित रहेका छन् ।
कबारीको अत्यधिक गर्मीका कारण पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर कबारीको ज्यान गएको हो । करेन्ट लागेर बेहोस कबारीको अस्पताल लैजाने क्रममा शनिबार राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा अचानक अरुणलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा पण्डितलाई पनि करेन्ट लागेर दुवै जना अचेत भएका थिए । तत्काल एम्बुलेन्सबाट दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा उनीहरूको उपचारको क्रममा ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु