रौतहट । रौतहटमा करेन्ट लागेर करेन्ट लागेर दुई दिनमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परोहा नगरपालिका ५ घर भएका २५ वर्षीय अबुलैस मिया कबारी, बौधीमाई नगरपालिका ५ कोपवा गाउँका ३० वर्षीय अरुण साह र २८ वर्षीय सिताबी पण्डित रहेका छन् ।
कबारीको अत्यधिक गर्मीका कारण पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर कबारीको ज्यान गएको हो । करेन्ट लागेर बेहोस कबारीको अस्पताल लैजाने क्रममा शनिबार राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा अचानक अरुणलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा पण्डितलाई पनि करेन्ट लागेर दुवै जना अचेत भएका थिए । तत्काल एम्बुलेन्सबाट दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा उनीहरूको उपचारको क्रममा ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक जनाको मृत्यु
माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु