कञ्चनपुर । कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्लाको बेलौरी नगरपालिका–४ बेलौरी बस्ने ३५ वर्षीय संदिप गुप्तालाई आइतबार पक्राउ गरिएको हो । उनलाई बेलौरी नगरपालिका–९ कुण्डाबाट भन्सार छलीका ९४ हजार पाँच सय मुल्य बराबरका टीसर्ट, बच्चाको पेन्टी, ठूलो पेन्टी, मोटरसाईकलसहित पक्राउ गरेको हो ।
गुप्तालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिईएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई कारबाहीको लागि सामानसहित भन्सार कार्यालय कैलाली पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, १९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ