काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य बीमा कार्यक्रमलाई धरासायी बनाउन सरकारी संस्थाले नीतिगत रुपमै ठगी गर्दै आएको बताएकी छन् ।आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद कार्कीले शहीद धर्मभक्त मानव प्रत्यारोपण केन्द्रले डायलाइसिस गराइरहेका बिमितसँग अत्यधिक रकम असुल गरेको आरोप लगाइन् ।
‘निकै लाजमर्दो विषय उठान गर्दैछु । राज्यको ठगीको नमुना छ । मसँग शहीद धर्मभक्त मानव प्रत्यारोपण केन्द्रको एउटा बिल छ । यो डायलासिस गराइरहेका बिरामीको बिल हो’, डा. कार्कीले भनिन् ,‘यसमा इपोफिट नामक औषधिको बिक्री मूल्य १४०५ रुपैयाँ छ । यसको खाली खोल पनि मसँग छ जसमा अधिकतम खुद्रा मूल्य ५ सय भारू अर्थात नेपाली ८ सय पर्न आउँछ ।’
उक्त औषधिमा ७५ प्रतिशत बढी नाफा खाएको भन्दै यसरी गरिब नागरिकलाई राज्यले ठगी गरेको बताएकी छिन् ।‘२० प्रतिशत अधिकतम पाउनेमा यहाँ ७५ प्रतिशत बढी छ । मेरो प्रश्न छ राज्यले कति नाफा खाएसम्म यो कालोबजारी नमानिने हो या कालोबजारी मानिने हो ? यसरी संस्थागत रुपमै नागरिकलाई स्वास्थ्य बीमाबाट भुक्तानी हुन्छ भन्दैमा नागरिकलाई ठग्न मिल्छ ?’ उनले प्रश्न गरेकी छिन् ।
‘हप्ताको तीन पटकसम्म डायलासिस गराउनुपर्ने नागरिकलाई, गरिबलाई राज्यले नै यसरी लुट्ने ? हाम्रो इमान धर्म कता जाँदैछ ? स्वास्थ्य बीमा जस्तो महत्वपूर्ण सार्वजनिक विषयको कार्यक्रमलाई धरासायी बनाउन निजी मात्रै होइन सरकारी संस्थाको नीतिगत ठगी पनि जिम्मेवार छ । यस्ता ठगीलाई तत्काल कारबाही गरियोस्,’ डा. कार्कीले भनिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिक सूचीले कर्णाली, सुदूरपश्चिम र गाउँ बोल्नुपर्छ: तोसिमा कार्की
नेतृत्व ओली जस्तै घमण्डी बने पार्टीले अब्बल मान्छे गुमाउँछ : तोसिमा कार्की
पार्टी पुनर्गठनकाे मुद्दा उठाउँदा रवि लामिछानेविरूद्ध लागेकाे प्रचार गरियाे : तोसिमा कार्की
बुलिङ र मिडिया ट्रायल नगरेर विशेष महाधिवेशन गर्न रास्वपा संस्थापनलाई तोसिमाको चुनौती
पार्टीप्रति प्रश्न उठ्न थालेको भन्दै तोसिमा कार्कीले राखिन् रिफर्मेसनको प्रस्ताव
स्वास्थ्यमन्त्रीज्यू उपयुक्त सल्लाह लिन सकिँदैन भने मार्ग प्रशस्त गर्नुस्: तोसिमा कार्की