काठमाडौ । संखुवासभाको हेंवा खोलामा आएको बाढीले बगाएर १ जनाको मृत्यु भएको छ ।
जिल्लाको पाँचखपन नगरपालिका–५ मा बाढीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
चैनपुर–४ पकोटम पाँचखपन–९ मा गएको पहिरोले खोला थुनिएको थियो । थुनिएको खोला एक्कासि खुलेर आएको बाढीले आसपासको क्षेत्रमा धेरै क्षति गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेंवा हाइड्रोमा क्षति गरेको छ । परियोजनामा काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन रहेका जनाइएको छ । काम गर्ने १९ मजदुरमध्ये ३ जना भने सम्पर्कमा आएको संखुवासभा प्रहरी प्रमुख विरेन्द्र गोद्धारले बताए ।
बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने ४ घर पनि बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम