काठमाडौ । कोशी प्रदेशका विभिन्न स्थानमा गएको बाढी पहिरोमा परेर २५ जना बेपत्ता भएका छन् । संखुवासभा, पाँचथर र ताप्लेजुङमा गएको बाढी पहिरोमा परेर २५ जना बेपत्ता भएका हुन् ।
सङ्खुवासभाको हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु हुनुको साथै १६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । जिल्लाको पाँचखपन नगरपालिका ५ मा बाढीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोमा क्षति पुगेको छ ।
उक्त परियोजनामा काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन रहेको जनाइएको छ । सम्पर्क विहीन भएकाहरूको अवस्था अज्ञात छ ।
यसैगरी पाँचथरको फिदिम स्थित हेवा खोलामा आएको बाढीका कारण ५ जना बेपत्ता भएका छन् । गएराति आएको बाढीले १० वटा घर बगाएको पाँचथरका डिएसपी हरि खतिवडाले बताए ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पनि पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तकोशीमा बेपत्ता २ जना अझै भेटिएनन्, खोजी जारी
पौडी खेल्न गएका दुई बालक नारायणी नदीमा बेपत्ता
एक महिने शिशु सुतेको ठाउँबाटै बेपत्ता
३ महिने शिशु बेपत्ता, अपहरणको आशंका
माछा मार्न गएका युवक नदीमा बेपत्ता
त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन