काठमाडौ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन्।
राष्ट्रपति पौडेललाई शनिबार बिहान ३ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर (महाराजगन्ज) मा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको हो।
हृदयाघात भएर सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र (बाँसबारी) मा भर्ना भएका उनी गत बुधबार मात्र ‘डिस्चार्ज’ भएका थिए।
मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गत मंगलबार गंगालालमा भर्ना भएका थिए। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको थियो। त्यहाँ पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो।
अहिले फेरि मुटुको चाल केही कम तथा कमजोरी महसुस भएकाले उनलाई अस्पताल (मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर) लगिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८०, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिसँग नेपालका लागि साउदीका राजदूतको बिदाइ भेट
फागुन २१ गतेको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य : राष्ट्रपति
राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै
राष्ट्रपति पौडेलले आज विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने
गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण
राष्ट्रपति पौडेल कतार प्रस्थान