काठमाडौ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन्।
राष्ट्रपति पौडेललाई शनिबार बिहान ३ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर (महाराजगन्ज) मा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको हो।
हृदयाघात भएर सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र (बाँसबारी) मा भर्ना भएका उनी गत बुधबार मात्र ‘डिस्चार्ज’ भएका थिए।
मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गत मंगलबार गंगालालमा भर्ना भएका थिए। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको थियो। त्यहाँ पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो।
अहिले फेरि मुटुको चाल केही कम तथा कमजोरी महसुस भएकाले उनलाई अस्पताल (मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर) लगिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८०, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान
संघीय लोकतान्त्रिक गणतन्त्रको आदर्शलाई शिरोधार्य गरौँ, मुलुकको स्वार्थभन्दा माथि केही छैन : राष्ट्रपति
राष्ट्रपति पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने
राष्ट्रपति पौडेलले गरे बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान