गण्डकी । गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जीतप्रकाश आलेले ०८०/८१ का लागि शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् ।
गण्डकीमा चालु वर्षको भन्दा २ अर्ब ४८ करोड १८ लाख रुपैयाँ कम बजेट ल्याइएको हो । चालु वर्षमा ३५ अर्ब ९० करोड ९० लाखको बजेट आएको थियो ।
मन्त्री आलेले प्रस्तुत गरेको बजेटको ३८.१ प्रतिशत चालुतर्फ विनियोजन भएको छ । १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार रुपैयाँ चालुतर्फ विनियोजन गरेको उनले जानकारी दिए ।
पुँजिगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार विनियोजन भएको छ । यो कुल बजेटको ६०.५ प्रतिशत हो। वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ विनियोजन भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, २१ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती