गण्डकी । गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जीतप्रकाश आलेले ०८०/८१ का लागि शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् ।
गण्डकीमा चालु वर्षको भन्दा २ अर्ब ४८ करोड १८ लाख रुपैयाँ कम बजेट ल्याइएको हो । चालु वर्षमा ३५ अर्ब ९० करोड ९० लाखको बजेट आएको थियो ।
मन्त्री आलेले प्रस्तुत गरेको बजेटको ३८.१ प्रतिशत चालुतर्फ विनियोजन भएको छ । १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार रुपैयाँ चालुतर्फ विनियोजन गरेको उनले जानकारी दिए ।
पुँजिगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार विनियोजन भएको छ । यो कुल बजेटको ६०.५ प्रतिशत हो। वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ विनियोजन भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, २१ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल