काठमाडौँ । गण्डकी प्रदेश सरकारले उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिँदै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । शुक्रवारको प्रदेशसभा बैठकमा आर्थिक वर्षको बजेट वाचन गर्दै अर्थमन्त्री जित प्रकाश आले मगरले बजेटले ‘उत्पादन र उत्पादकत्व अभिवृद्धि, पर्यटन प्रवर्द्धन, औद्योगिकीकरण सुदृढीकरण’मा जोड दिएको बताए ।
त्यस्तै बजेटमा ‘कृषि उत्पादन बढाऔँ, आयात प्रतिस्थापन गरौँ’ भन्ने नाराका साथ कृषिजन्य बस्तुको निर्यात प्रवर्द्धनका लागि ७ करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै बाझो जमिन प्रयोगमा ल्याउन १ करोड ५२ लाख रकम विनियोजन गरेको अर्थमन्त्री मगरले घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती