आज बजेट प्रस्तुत गर्दै वागमती सरकार

सफल खबर संवाददाता

शुक्रबार, ०१ असार २०८०, ११ : २४
आज बजेट प्रस्तुत गर्दै वागमती सरकार

हेटौंडा । वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्ने भएको छ । आज (शुक्रबार) दिउँसो ३ बजे प्रदेश सभामा बजेट प्रस्तुत गर्ने भएको हो ।

मन्त्रिपरिषद् बैठकले बजेटबारे निर्णय गरेलगतै बजेट प्रस्तुत गरिने बताइएको छ । आगामी आर्थिक वर्षको बजेट प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रस्तुत गर्ने कार्यसूची छ ।

बजेट प्रस्तुतका लागि सबै तयारी पूरा भएको प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस