काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ नौ सय रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला नौ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ घटेर १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ जेठ २०८०, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?