अर्घाखाँची। अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।जिल्लाको भूमिकास्थान नगरपालिका- ७ किर्लुकमा रा १ त ४२९५ को ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थल मै मृत्यु भएको छ भने दुईजना घाइते भएको जिल्ला प्रहरी कर्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए ।
रेग्मीका अनुसार सन्धिखर्कबाट खिल्जीतर्फ जाँदै गरेको ट्याक्टर ब्रेक फेल भई सडक मै पल्टिएको थियो । दुर्घटनामा परि चालक ऐरावती गाउँपालिका-१ कोल्बोट, प्युठानका २७ वर्षीय कमल सोमै मगरको मृत्यु भएको हो भने सितगंगा नगरपालिका-७ दमारबेसी, अर्घाखाँचीका २३ वर्षीय कृष्ण आचार्य र प्युठान ऐरावती गाउँपालिका-१ बस्ने २२ वर्षीय माधव खत्री घाइते भएको प्रहरी निरीक्षक रेग्मिले जानकारी दिए ।
घाइते आचार्यको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते दुई जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ जेठ २०८०, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात
बैतडीमा जिप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते
चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते