काठमाडौं । महिलाको विभत्स हत्या गरी पोखरीको छेउमा गाडेर फरार रहेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरी सार्वजनिक गरेको छ ।
मंगलवार जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ २८ गते अन्दाजी ५ बजेको समयमा धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ८ तारापट्टीस्थित पोखरीको छेउमा वर्ष अन्दाजी ४२ की उषा दासको हत्या गरी गाडेको अवस्थामा शव भेटिएको थियो ।
शव सड्न लागेको अवस्थामा फेला परेपछि हत्या गर्ने व्यक्तिको खोज तलास शुरु गरिएको थियो । अनुसन्धानमा जिल्ला बारा कलैया नगरपालिका १८ घर भइ जनकपुरस्थित घर बनाउने काम गर्दै आएका गोकुल महतो धानुकको छोरा वर्ष अन्दाजी २२ का ओमलाल मण्डलको संलग्नता रहेको खुलेको थियो । प्रहरीले थप अनुसन्धानका क्रममा चितवनको हाकिम चोकबाट उनलाई पक्राउ गरेको थियो ।
तत्पश्चात अनुसन्धानका क्रममा ओमलाल मण्डल र उषा दासबीच अनैतिक सम्बन्ध रहेको, ओमलाललाई निज मृतकले विवाह गर्न भनेपनि अस्वीकार गरेपछि ओमलाललाई निज मृतक महिलाले नै घरमा जबरजस्ती ल्याउने गरेको खुलेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले अनुसन्धनका क्रममा जेठ २५ गते राति अन्दाजी ७ बजे दुईबीच विवाहकै विषयमा विवाद हुँदा ओमलालले एक थप्पड हानेको र थप्पड हान्नासाथ मृतक बाहिर निस्की भाग्न लाग्दा घाँटीमा समाती घाँटी थिचेर हत्या गरेको र पोखरीको छेउमा लगी गाडेको पत्ता लागेको बताउनु भयो । प्रहरीका अनुसार मृतकको शवलाई चाँडो सढाउन निजको कपडा खोलि गाडेको र मृतकको मोबाइल पनि पोखरीमा नै फालेको मृतकबाट खुल्न आएको छ ।
निज मृतकको कपडा र शव गाड्न खाल्डो खन्न प्रयोग भएको बेल्चा बरामद गरिएको र मोबाइल बरामद हुन बाँकी रहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइ अनुसन्धान जारी रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० जेठ २०८०, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ
ठगी गरेको अभियोगमा तीन जना पक्राउ