काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । भेटमा उनकी पत्नी समेत रहेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले समेत सहभागी थिइन् ।
गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर रिहा भएपछि पहिलोपटक चौधरी र मन्त्री श्रेष्ठले सुदूरपश्चिम सरकार लगायतका विषयमा प्रधानमन्त्री दाहालसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्रीसँगको भेटवार्तामा उनीहरुले पूर्व सहमतिअनुसार सुदूरपश्चिम सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री दिन माग गरेको बुझिएको छ । नाउपा संरक्षक चौधरीले सो भेटमा पूर्व सहमतिबाट सरकार पछि हट्न नमिल्ने प्रधानमन्त्रीलाई स्मरण गराएका छन् ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले नाउपासँग भएको सहमति अनुसार नै मन्त्रालय उपलब्ध गराउने प्रतिबद्धता जनाएको चौधरीले जानकारी दिए ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पछिल्लो पटक जेठ ६ गते नाउपालाई बाहिरै राखेर मन्त्री मण्डल विस्तार गरेका थिए । मुख्यमन्त्री शाहले नाउपालाई १ मन्त्रालय दिएर मन्त्री मण्डललाई पूर्णता दिन खोजेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ जेठ २०८०, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिचीबारी घुस काण्डबारे श्रीमती रञ्जितासँग रेशम चौधरीले मागे जवाफ
रेशम चौधरीको प्रधानमन्त्रीसँग भेट
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग
प्रधानमन्त्री र गृहमन्त्रीलाई थाहै नदिई प्रहरीले मात्र समाउन सक्ला रेशम चौधरी ?
रेशम चौधरीलाई कारागार बुझाइयो