काठमाडौं । टिकटकमा अत्यधिक रुचाईएको गीत ‘कस्तो होला भाटु राजाको दरबार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । रेशम चौधरी र आभा मुकारुङको स्वर कैद गरिएको गीतको संगीत सिर्जना रेशम चौधरी आफैले गरेका हुन् भने शब्द रामचन्द्र बोगटीको रहेको छ ।
थारु समुदायभित्रको रहन सहन, कला सँस्कृतिलाई झल्काउन खोजिएको भिडियोमा राज गजमेर, अस्मिता तामाङ, अञ्जल श्रेष्ठ आदिको अभिनय रहेको छ । सविना भण्डारी र दिनेश एसकेको कोरियाग्राफी, श्याम लामाले खिचेको भिडियोका निर्देशम सागर क्षेत्री हुन् । केन्द्र मोशन पिक्चर्सले सार्वजनिक गरेको भिडियोका निर्माता कुमार कार्की हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ जेठ २०८०, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेशमको पार्टीले पनि अघि सार्यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा
नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा रेशम चौधरी
रेशम चौधरीद्वारा नागरिक उन्मुक्ति पार्टी छोडेको घोषणा
रञ्जिताले बोलाएको बैठकमा रेशम पक्ष उपस्थित नहुने
लिचीबारी घुस काण्डबारे श्रीमती रञ्जितासँग रेशम चौधरीले मागे जवाफ
रेशम चौधरीको प्रधानमन्त्रीसँग भेट